Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


एकै दिनमा बदलियो स्वास्थ्य मन्त्रालयको निर्णय : आजबाट सुरु भएको खोप अभियान स्थगित


481
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट सुरु गरेको कोरोनाविरुद्धको थप मात्रा खोप कार्यक्रम स्थगित गरेको छ ।

मंगलबार मन्त्रालयले सूचना जारी गर्दै प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि थप मात्रा खोप लगाउनेबारे जानकारी गराउने भन्दै हाललाई लक्षित वर्गलाई लगाउने भनिएको तेस्रो मात्रा खोपको कार्यक्रम स्थगित गरेको हो ।

सूचनामा मन्त्रालयले सबै नागरिकलाई कोरोनाविरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्त्वपूर्ण भएको भन्दै राष्ट्रिय खोप अभियानलाई द्रूत गतिमा सञ्चालन गर्न आवश्यक रहेको औंल्याएको छ ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबारदेखि वृद्धवृद्धा, दीर्घरोगी लगायतलाई कोरोनाविरुद्धको तेस्रो मात्रा खोप कार्यक्रम सञ्चालन गरेको थियो ।