Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


राष्ट्रिय सभा निर्वाचनः गठबन्धनबीच ‘जित्नेगरी’ सिट भागबन्डा


143
Shares

काठमाडौं । सत्ता गठबन्धनआबद्ध पाँच दलबीच १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम राखेर अघि बढ्ने सहमतिसहित सिट भागबन्डा भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धन आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्टिय जनमोर्चाबीचको बैठकले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम राखेर अघि बढ्ने सहमति गर्दै सिट संख्यामासमेत भागबन्डा गरेका हुन् । राष्ट्रिय सभामा रिक्त हुने १९ पदका लागि मंगलबार उम्मेदवारको मनोनयन दर्ता हुँदै छ ।

सहमतिअनुसार प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले ६ सिट, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पाँच÷पाँच सिट तथा जसपालाई दुई र जनमोर्चालाई एक सिट बाँडफाँट भएको हो । रिक्त हुनेमा नेकपा एमालेको आठ सिट छ । यस्तै, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि पनि सकिँदै छ ।

जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सत्ता गठबन्धन आबद्ध दलहरूबीच राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम राख्दै अघि बढ्ने सहमति भएको र सिटमासमेत भागबन्डा भएको जानकारी दिइन् ।

यसअघि जुन–जुन दलबाट जुन जुन समूहमा सदस्य निर्वाचित थिए ती सिटमा सम्बन्धित दलबाटै उम्मेदवार बनाउने र एमालेले जितेका सिटमा भागबन्डा गर्ने सहमति भएको पौडेलले जानकारी दिएकी हुन् ।

सहमतिअनुसार एमालेले जितेका आठ सिटमा कांग्रेसले तीन, जसपाले दुई, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले एक÷एक सिट पाउनेगरी सहमति भएको हो ।

राजधानी