Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


सुल्झियो क्यानको विवाद : खेलाडी मैदान फर्किए, सुरु भयो बन्द प्रशिक्षण


455
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच रहेको विवाद समाधान भएसँगै ग्लोबल टी–२० छनोटका लागि बन्द प्रशिक्षण सुरु भएको छ ।

बन्द प्रशिक्षणको पहिलो दिन सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १४ जना खेलाडी उपस्थित भएका छन् ।

बन्द प्रशिक्षणका लागि त्रिवि मैदानमा शरद भेषावकर, मोहम्मद आरिफ शेख, कुशल मल्ल, मोहम्मद आशिफ शेख, साहब आलम, पवन सरार्फ, भीम सार्की, प्रदीप ऐरी, गुलशनकुमार झा, जितेन्द्र मुखिया, विवेककुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर र किशोर महतो रहेका छन् ।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेका अनुसार अन्य ९ खेलाडी भने बेलुकासम्म होटेलमा उपस्थित हुने भएका छन् । ती खेलाडीमा क्यानले कारबाही गरेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कमलसिंह ऐरीसहित कुशल भुर्तेल, करण केसी, रोहितकुमार पौडेल, अविनाश बोहरा र सन्दीप जोरा रहेका छन् ।

त्यस्तै क्यानलाई रिपोर्टिङ गर्ने अन्य खेलाडीहरूमा सागर ढकाल अस्वस्थ रहेका छन् भने विनोद भण्डारी, विक्रम सोब, सुशन भारी, नन्दन यादव र हरिशंकर साहको पीसीआर रिपोर्ट आउन बाँकी रहेको छ । कप्तान सन्दीप लामिछाने भने बिग बास लिग खेल्ने क्रममा हाल अस्ट्रेलियामा रहेका छन् ।

खेलाडी र क्यानबीच सोमबार विहान भएको वार्तामा सबै विवाद समाधान भएको हो । क्यान र खेलाडीबीच भएको सहमतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । प्रशिक्षक दासानायकेले सबै सन्तुष्ट हुने गरी निष्कर्षमा पुगिएको जानकारी दिए ।

Skip This