
काठमाडौं, माघ २१ । ‘वीर गणेशमान सिंह एडिडास टेन–के रोड रेस’ प्रतियोगिता आउँदो फागुनमा हुने भएको छ ।
आयोजक रुट्स फेसन प्रालिले पत्रकार सम्मेलन गर्दै १० किलोमिटर दौड प्रतियोगिता फागुन २४ गते हुने जनाएको हो ।
प्रतियोगितामा ५०० खेलाडीहरु सहभागी हुने आयोजक प्रबन्धक निर्देशक सञ्जीव तुलाधरले जानकारी दिए ।
रोड रेसको महिला र पुरुषतर्फको विजेताले ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले पाँच हजार पाउनेछन् ।
छैटौंदेखि दशौंसम्मलाई समान चार/चार हजार बराबरको ‘गिफ्ट ह्याम्पर’ प्रदान गरिने आयोजकले जनाएको छ ।
रुट्स फेसनका प्रालिका निर्देशक राजीव श्रेष्ठले प्रतियोगितामा नेपालका चर्चित खेलाडीको सहभागिता रहने जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्