
काठमाडौं, माघ २१ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दशौं चरणका खेल सकिएका छन् ।
फ्रेन्ड्स २–० ‘एनआरटी’
दशौं चरणको अन्तिम खेलमा फ्रेन्ड्स क्लबले न्यूरोड टिम (एनआरटी)लाई २–० ले पराजित गरेको छ ।
गोलकर्ता
मंगलबार एन्फा मैदान सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्सलाई जिताउन ७८औं मिनेटमा सन्जोग महर्जन र ८१औं मिनेटमा वाग्नर डे कार्मोले गोल गरे ।
अंकतालिका
यो जितपछि फ्रेन्ड्स क्लब १४ अंकसहित लिग तालिकाको नवौं स्थानमा पुगेको छ । एनआरटी १५ अंकसहित लिगको सातौं स्थानमा यथावत् छ ।
लिगमा पहिलोपटक उपाधि जित्ने लक्ष्यमा रहेको शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबको २३, दोस्रो स्थानको मच्छिन्द्र क्लबको २२ तथा साविक विजेता मनाङ–मर्स्याङ्दी क्लबको १९ अंक छ ।
चौथो स्थानको थ्रीस्टार क्लबको १७, पाँचौं स्थानको संकटा क्लबको १५ तथा छैटौं स्थानको जावलाखेल युथ क्लबको पनि १५ अंक नै छ ।
लिगको अंकतालिकामा नेपाल पुलिस क्लब १४ अंकसहित आठौं, च्यासल १२ अंकसहित दशौं, ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ८ अंकसहित एघारौं, हिमालयन शेर्पा ७ अंकसहित बाह्रौं, सशस्त्र प्रहरी ५ अंकसहित तेह्रौं तथा सरस्वती युथ क्लब ४ अंकसहित पुछारमा छ ।
एघारौं चरण बिहीबारदेखि
लिगका एघारौं चरणका खेलहरु आउँदो बिहीबारदेखि हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्