Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


माओवादी महाधिवेशनः कार्यकारी पदमा दुईपटक मात्र र ७० वर्षे उमेरहदको सुझाव


0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेताहरूले ७० वर्ष पुगेपछि सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने र कार्यकारी पदमा एकै व्यक्ति दुईपटक बढी बस्न नपाउने विषय जोडदार रूपले उठाएका छन् ।

माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेस गरेको विधान संशोधनमा प्रस्तावमा समूहगत छलफलपश्चात् सुझाव दिँदै नेताहरूले यस्तो विषय उठाएका हुन् ।

दस्तावेजमा विभिन्न २५ समूहमा छलफल भएको थियो । त्यसमध्ये बुधबार ११ समूहले समूहगत छलफलको सुझाव पेस गर्दै कार्यकारी पदमा दुईपटक बढी बस्न नपाइने व्यवस्थासमेत विधानमा गर्नुपर्ने सुझाव दिएका छन् ।

यस्तै, प्रचण्डपथलाई प्रचण्ड विचारधाराका रूपमा विकसित गरिनुपर्ने सुझाव आएको छ । माओवादी केन्द्रका नेता मुकेश साहले प्रचण्डपथलाई प्रचण्ड विचारधाराका रूपमा विकसित गर्नुपर्ने सुझाव आएको बताए ।

राजधानी