Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


किन रोज्यो माओवादीले भूल सुधार ?


143
Shares

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहालको चिन्ता र चासो छ– ‘पार्टी कसरी बिग्रियो, अब कसरी उँभो लगाउने ?’

झन्डै ३३ वर्ष एकछत्र नेतृत्व गरेका दाहालले पहिलो पटक ‘आत्मालोचना’सहितको राजनीतिक दस्तावेज आठौं राष्ट्रिय महाधिवेशनमा पेस गरेका छन्। दाहालले आफ्ना कतिपय पूर्ववत् निर्णय प्रक्रियामा आत्मालोचना नै गरेका छन्। ‘सामूहिक’भन्दा आफ्नो मनोगत निर्णयले पार्टीमा काम गरेको निष्कर्ष उनले निकालेका छन्।

‘राजनीतिक पार्टीहरू आमरूपमा सिद्धान्तबाट निर्देशित हुनुपर्ने हो,’ नेता राम कार्कीे भन्छन्, ‘कुनै पनि दल सिद्धान्तबाट निर्देशित भएनन्। कम्युनिस्ट पार्टीहरू कांग्रेस र राप्रपाभन्दा भिन्न देखिएनन्।’

दाहालले पनि माओवादी र अन्य पार्टीमा खासै भिन्नता देखिन छाडेको स्वीकार गरेका छन्। ‘कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आशक्ति नेता/कार्यकर्तामा बढ्दै गएको’ प्रतिवेदनमा उल्लेख छ।

‘पार्टीमा आत्मकेन्द्रितवाद बढेका कारण यो अवस्था सिर्जना भएको हो। आफूलाई धुरी चढाउने प्रवृत्ति भयो। सामूहिक स्वार्थभन्दा पनि व्यक्तिगत रूपमा सोचियो’, नेतृ जयपुरी घर्ती मगर भन्छिन्। सामूहिक स्वार्थ र नेतृत्वमा नलैजाने हो भने पार्टीलाई उँभो लगाउन कठिन हुने उनको तर्क छ।

अन्नपूर्ण