१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नेप्से सामान्य अंकले सकारात्मक, कारोबार डेढ अर्बमाथि नै


0
Shares

काठमाडौं, माघ २० । सोमबार पनि सेयरबजार सामान्य सकारात्मक रह्यो ।

बजार परिसूचक नेप्से सामान्य अंकले हरियो रह्यो भने कारोबार डेढ अर्बमाथि नै रह्यो ।

उतार–चढावबीच नेप्से अढाइ अंक बराबरले सकारात्मक रहेर १३ सय ४९ कायम भयो ।

निर्जीवन बिमा, जलविद्युत्, विकास बैंक, अन्य र सामूहिक लगानी कोष सकारात्मक रहेसँगै नेस्स पनि धनात्मक रहेको हो ।

निर्जीवन बिमा समूहमा सबैभन्दा उच्च ५९ अंकको वृद्धि आयो । जलविद्युत् समूह पनि ४८ अंकले बढ्यो । विकास बैंक समूह पनि ३० अंकले उकालो लाग्यो । अरु समूह भने ओरालो लागे । जीवनबिमा र होटल समूह दोहोरो अंकले घट्दा अरु भने सामान्य अंकले रातो रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७७ कम्पनीका ४७ लाख ४८ हजार कित्ता सेयर एक अर्ब ६१ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।