Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


डेढ दशकपछि दाहालको आत्मसमीक्षा : मुखमा संविधान र मनमा विद्रोह भन्दा क्षति


0
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले (२०६३ मंसिरमा) शान्ति सम्झौता, लडाकुलाई शिवरिमा राख्ने सहमति गर्दा सामूहिक छलफल गर्नुको सट्टा ‘पार्टी अध्यक्ष प्रचण्डको मनोगत निर्णयले जनवादी केन्द्रीयतामा अतिक्रमण भएको’ भन्दै आफ्नै आलोचना गरेका छन् ।

पार्टीको आठौं महाधिवेशनको बन्दसत्रमा उनले प्रस्तुत गरेको ‘एक्काइसौं शताब्दीमा समाजवादीको नेपाली बाटो’ शीर्षकको राजनीतिक दस्ताबेजमा मंगलबारबाट छलफल हुनेछ । केन्द्रीय समितिको चुनवाङ बैठकबाट सामान्य सैद्धान्ति र राजनीतिक दिशाबोध गरिएको भए पनि शान्ति सम्झौतामा हस्ताक्षर गर्ने र जनमुक्ति सेनालाई क्यान्टोन्मेन्टमा राख्ने अत्यन्त संवेदशील विषयमा पार्टीमा खुलस्त छलफल नभएको दाहालको निष्कर्ष छ ।

‘पार्टीका नीति, योजना, कार्यक्रमबारे समेत भए पनि नेतृत्वको यो निर्णय प्रक्रियाले पार्टीभित्र आशंका बीजारोपण भयो । यसमा अध्यक्ष प्रचण्डको मनोगत र पार्टीको जनवादी केन्द्रीयता अतिक्रमण गर्ने आत्मविश्वास हावी भयो । कमजोरी त्यही नै हो ।’

कान्तिपुर