२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


एसएसपी राणालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


0
Shares

काठमाडौं, माघ २० । यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका नेपाल प्रहरीका एसएसपी सौरभ राणालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत सुनसरीले सोमबार उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

गृह मन्त्रालयमा इटहरीकी एक महिलाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै उजुरी दिएपछि राणा निलम्बनमा परेका थिए ।

यस्तै, ती महिलाले शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पनि किटानी जाहेरी दिएकी थिइन् ।

उजुरीपछि आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेर आत्मसमर्पण गरेका राणाले आरोप भने अस्वीकार गर्दै आएका छन् ।

पीडित महिलाले भने इटहरीको एक होटलमा आफूमाथि बलात्कार भएको बताएकी छन् ।

एसएसपी राणा संघीय प्रहरी इकाइ धरानको प्रमुखको हैसियतमा कार्यरत् थिए ।