२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


सिरियाली सरकारको गोलाबारीमा टर्कीका चार सैनिकको मृत्यु


0
Shares

रासस । सिरियाको इद्लिब प्रान्तको उत्तरपश्चिमी क्षेत्रमा सोमबार सिरियाली सरकारले गरेको गोलाबारीमा कम्तीमा चार टर्कीज सैनिकको मृत्यु भएको टर्कीको गृह मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा अन्य नौ जना सैनिक घाइते भएका र जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

सिरियाली सैनिकले गरेको यस गोलाबारीका टर्कीका सेनाले प्रतिकार गरेका बताइएको छ । सिरियाली सरकारद्वारा जारी आक्रमणहरुलाई रोक्नको लागि टर्कीमा १२ वटा पर्यवेक्षण पोष्ट रेहका छन् ।

यी पोष्टहरु टर्की र रुसबीच भएको सम्झौताको एक हिस्सा पनि हो । उक्त पर्यवेक्षण पोष्टहरूमा टर्कीले थप सेना पठाएको स्थानीय सेनाले आइतबार समाचार प्रकाशन गरेपछि सिरियाली सरकारको तर्फबाट सो गोलाबारी भएको बताइएको छ ।

दमासकसका शासकहरुले टर्कीविरुद्ध यस प्रकारका प्रहार गर्दा सिरियाको विरुद्ध सैन्यशक्ति प्रयोग गरिने टर्कीका राष्ट्रपति रेसेप तायिप एर्डोगानले गत हप्ता चेतावनी दिएका थिए ।

टर्कीमा हाल ३५ लाख भन्दा बढी सिरियाली शरणार्थी रहेका छन् । इद्लीबमा नयाँ हिंसाबाट अन्य थप शरणार्थी  आगमनको डर रहेको बताइएको छ ।

लाखौँ सिरियाली शरणार्थी प्रायः टर्की र सिरियाको सीमातर्फ भागेका छन् । टर्कीले सिरियाको सीमा क्षेत्रमा शरणार्थीहरुलदाई आश्रय दिन घरहरू बनाउँदै गरेको एर्डोगानले यसअघि नै बताएका थिए ।