Logo १ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026


नक्कली प्रमाणपत्रधारीमाथि अख्तियारको नजर, शिक्षक देखि प्राविधिकसम्म भेटिए


0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा प्रवेश गरी सेवासुविधा लिएका र बढुवासमेत भएका ५ कर्मचारीमाथि छुट्टाछुट्टै मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार यस्ता प्रकृतिका मुद्दा बिहीबार ५ र शुक्रबार एउटा दायर गरिएको थियो । नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोप लगाइएकोमा शिक्षक, कर्मचारीलगायत प्राविधिक कर्मचारीसमेत छन् ।

आयोगले भारतस्थित माध्यमिक शिक्षा परिषद् उतर प्रदेश इलाहावादको इन्टरमिडिएट परीक्षा उतीर्ण प्रमाणपत्र पेस गरी निमावि तहको शिक्षकमा बढुवा भई हाल कालिका मावि बन्दीपुरका शिक्षक श्रीप्रसाद पौडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपपत्र दायर गरेको छ ।

त्यसैगरी, परीक्षा नै नदिई स्नातक तहको झुटो शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सोही आधारमा प्रहरी निरिक्षक तथा प्रहरी नायब उपरीक्षक पदमा समेत बढुवा भई सरकारी लाभ तथा सुविधा लिएको आरोपमा तत्कालीन प्रहरी निरिक्षक अरुण कुमार शाह, त्यसैगरी शिक्षक शारदा अधिकारी र टेलिकममा कार्यरत प्राविधिक अधिकृत जयनारायण प्रसाद शाह माथि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोप छ । नागरिक दैनिकबाट । 

 

Skip This