Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


प्रतिनिधि सभा र प्रदेश सभामा २२ पद रिक्त : उपनिर्वाचन नहुने, सिधै निर्वाचन


884
Shares

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेको २२ पदको उपनिर्वाचन नगरी सिधै निर्वाचन गर्नेतर्फ सरकार अघि बढेको छ ।

राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदका लागि १२ माघमा उपनिर्वाचन गर्ने तयारी भए पनि प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त २२ पदको उपनिर्वाचन भने नगरी सिधै निर्वाचन केन्द्रित हुने सरकारको तयारी रहेको हो ।

निर्वाचन आयोगका अनुसार हाल प्रतिनिधि सभामा चार र प्रदेश सभामा विभिन्न प्रदेशमा गरी १८ पद रिक्त छन् ।

उच्च स्रोतका अनुसार सरकारले छोटो समय मात्रै कार्यकाल बाँकी रहने भएका कारण प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन गर्न चाहेको छैन । प्रतिनिधि सभाको निर्वाचन सुरु भएको अवधिलाई आधार मान्दा २०७९ मंसिरसम्म प्रतिनिधि सभाको अवधि छ । यो भनेको अबको ११ महिना मात्रै हो ।

‘कार्यकाल पनि सकिन लाग्यो, छोटो समयका लागि मुलुकको धनराशि खर्च गरेर उपनिर्वाचन गर्दा राज्यलाई नै भार पर्ने हो, त्यसकारण उपनिर्वाचन गर्नेतर्फ सरकारको अरुचि छ, सिधै निर्वाचनमा जाने तयारीमा सरकार छ,’ सरकारी उच्च स्रोतले राजधानीसँग भन्यो ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचन गर्न पनि कम्तीमा ९० दिनको समय आयोगलाई आवश्यक पर्छ । त्यो भनेको तीन महिना हो । त्यसपछि बाँकी रहने आठ महिनाका लागि मात्रै सरकारले उपनिर्वाचन गर्न त्यसकारण पनि नचाहेको देखिन्छ ।

राजधानी