काठमाडौं । प्रदेश २ का आठै जिल्लामा अब छोरी जन्मनेवित्तिकै तीन लाखको बिमा हुनेछ ।
‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत प्रदेश सरकारले गरिदिँदै आएको एक लाखको बिमामा रकम थपिदिएको हो ।
प्रदेश मन्त्रिपरिषदको शुक्रबारको बैठकले बिमाका लागि दिने गरिएको रकम तीन लाख पुर्याउने निर्णय गरेको हो ।
नपढाउने र उमेर नपुगी बिहे गरिदिने चलनलाई फेर्न छोरीले परिवारबाट २० वर्षसम्म शिक्षा आर्जनको सुविधा पाएको खुलेपछि मात्रै बिमाको रकम भुक्तानी पाउनेछन् ।
‘प्रदेश २ का छोरीहरु अब जन्मनेवित्तिकै तीन लखिया हुनेछन्,’ मुख्यमन्त्री लालबाबु राउतले भने, ‘छोरी बोझ होइनन्, शिक्षा र राम्रो व्यवहार गरे छोरासरह नै काबिल हुनेछन् ।’कान्तिपुर दैनिकबाट










प्रतिक्रिया दिनुहोस्