४ असार २०८२, बुधबार | Wed Jun 18 2025


मकवानपुरमा तीन जना चढेको स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु


156
Shares

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ सिपाली चोकमा गएराती तीन जना चढेको स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हटियाबाट चौघडातर्फ जाँदै गरेको तीन जना चढेको अनटेष्ट लेखिएको स्कुटर गएराती १० बजे पल्टिँदा बीचमा रहेका स्थानीय २५ वर्षीय सुमन बयलकोटीको मृत्यु भएको हो ।

बयलकोटीको उपचारका क्रममा हेटौंडा अस्पतालमा गएरातीनै मृत्यु भएको हो ।

स्कुटर चालक र पछाडी चढेका एक जना गरी दुई जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।