Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


चीनमा एउटा पुल भत्किदा चार जनाको मृत्यु, आठ जना घाइते


169
Shares

एजेन्सी । चीनमा एउटा पुल भत्किदा चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । चीनको हुबेइ प्रान्तको एझोउ शहरको ‘एक्सपे्रस वे’ मा पर्ने पुल भाँचिएको हो ।

सो पुलमा ३ वटा ट्रक र एउटा कार सवार रहेको बेला दुर्घटना भएको हो । दुर्घटना हुँदा एउटा ट्रक ३ टुक्रा भएको थियो । ओभर लोडका कारण पुल भत्केको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे अनुुसन्धान थालिएको छ ।