Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


जर्मनीबाट आयो साढे ४१ लाख डोज खोप


117
Shares

काठमाडौं । जर्मन सरकारले नेपाललाई कोरोनाविरुद्ध ४१ लाख ४२ हजार २५० डोज खोप प्रदान गरेको छ। कोभ्याक्स सुविधाअन्तर्गत जर्मन सरकारले खोप उपलब्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जर्मन सरकारले उपलब्ध गराएको खोपमध्ये १९ लाख ६५ हजार ६ सय डोज मोर्डनाको र २१ लाख ७६ हजार ६५० डोज जोन्सन एन्ड जोन्सनको छ। खोपको धेरै मात्रा आइसकेको र जोन्सन एन्ड जोन्सनको बाँकी मात्रा शुक्रबारसम्म आइपुग्ने स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ।

जर्मन सरकारबाट प्राप्त खोपले नेपालमा सञ्चालित कोभिडविरुद्धको अभियानमा थप सहयोग पुग्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जनाएका छन्।

एक कार्यक्रममा मन्त्री खतिवडाले खोप उपलब्ध गराएको भन्दै नेपालस्थित जर्मनीका राजदूत डा। स्टेफेन रुसेक तथा दूतावास परिवारलाई धन्यवाद दिए।
नागरिक