Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


नेपाली दूतावास भवन विक्रीमा


13
Shares

काठमाडौं । जर्मनीमा १९ बर्षअघि देखि अलपत्र रहेको नेपाली दूताबासको भवन र जग्गा विक्री गर्ने प्रक्रिया सुरु भएको छ ।

जर्मन एकीकरण भइ नेपाली दूताबास बर्लिनमा सरेपछि नेपाल सरकारले दूताबासका लागि लिएको जग्गा र भवनको व्यवस्थापन नगर्दा प्रयोगविहीन भएको हो ।

सो भवन र जग्गाको विषय अन्योल बनिरहेका बेला गत सातामात्रै सरकारले विक्रीका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको निर्णयबाट दूताबास भवन बोलपत्र आब्हान गरेर विक्रीका लागि जर्मनका लागि नेपालका राजदूतलाई जिम्मा दिएपछि प्रक्रिया अघि बढेको छ ।

पश्चिम जर्मनको बोनस्थित नेपाल सरकारका स्वामित्वमा रहेका दुईवटा घर र सो घरले चर्चेको २ हजार ८ सय ४६ बर्गमिटर जग्गा सन् २००० देखि प्रयोगविहीन अवस्थामा छ । -राजधानी दैनिकबाट