Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


म कुनै गुटमा छैन : डा.शशांक


26
Shares

काठमाडौं । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले आफू कुनै गुटमा नरहेको प्रतिक्रिया दिनु भएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले आफू कुनै गुटमा नरहेको स्पष्ट पार्नु भएको हो ।

उहाँले आफूले पार्टीभित्र ग्रुपिजम अन्त्य गर्न चाहेको पनि बताउनुभयो । ग्रुपिजम अन्त्य गर्न चाहे बताउदै आफू कुनै पनि गुटमा नभएकाले दुवै प्यानलमा नाम रहेको उहाँको भनाइ छ ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ भने कोइरालाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु भएको छ। काेइरालाकाे नाम सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर काेइराला दुवै प्यानलमा नाम राखिएपछि डा.शशांकले आफू कुनै गुटमा नरहेकाे स्पष्ट पार्नु भएकाे हाे ।