Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


एमालेमा ‘आफ्नालाई काखा अरूलाई पाखा’


39
Shares

काठमाडौं । नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट आफ्नालाई काखा र अरूलाई पाखा लगाउने काम भएको छ।कमिटीको बैठकबाट वरीयताक्रम निर्धारण, स्थायी कमिटी, पोलिटब्युरो गठन तथा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन प्रकृयामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूलाई साथ दिनेलाई काखी च्यापेका छन्।

पार्टीमा शक्तिशाली अध्यक्षको हैसियतबाट केन्द्रीय कमिटीको बैठकमा पेस गरेका नामहरूले ओलीले विगतमा आफूलाई साथ दिने नेताहरूलाई च्यापेको पुष्टि भएको छ। उनले केन्द्रीय सदस्यको मनोनयन तथा स्थायी कमिटी गठन र पोलिटब्युरो गठनमा विगतको जिम्मेवारीलाई समेत ध्यान नदिई नेताहरूलाई जिम्मेवारी दिइएको छ।

भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले ८० जना पोलिटब्युरो सदस्य प्रस्ताव गरेका थिए। एमालेको विधानमा ९९ सदस्यीय पोलिटब्युरो रहने व्यवस्था छ। अध्यक्ष ओलीसहित १९ जना पदाधिकारी स्वतः पोलिटब्युरोमा रहने भएकाले ८० जना प्रस्ताव गरेका हुन्।

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले १९ जना पदाधिकारीको मर्यादाक्रम तोकिएको छ। जसमा अध्यक्ष ओली पहिलो र सचिव पद्मा अर्याल १९ औं नम्बरमा परेका छन्। उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यपछि ओलीले रामबहादुर थापालाई तेस्रो मर्यादाक्रममा राखेका छन्।

त्यसपछि विष्णु पौडेल, सुवास नेम्वाङ र सुरेन्द्र पाण्डेको मर्यादाक्रम तोकेका छन्। सचिवको माथिल्लो वरीयतामा टोपबहादुर रायमाझीलाई राखिएको छ। उनीपछि लेखराज भट्टको मर्यादाक्रम तोएिको छ।

नागरिक