१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


अमेरिकामा भीषण आगलागी : आठको मृत्यु, ३५ बढी डुंगा जलेर ध्वस्त


0
Shares

एजेन्सी । अमेरिकाको एरिजोना राज्यको स्कट्सबोरोस्थित बन्दरगाहमा भीषण आगलागी हुंदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । सात जना घाईते भएका छन् ।

ज्याक्सन काउन्टी पार्कमा मानिसहरु सुतिरहेको बेला अचानक आगो फैलिएको अधिकारीहरुले जनाएका छन् ।

आगलागी पछि केही मानिसले पानीमा हामफाल्दै ज्यान बचाएका थिए ।

आगलागीका कारण ३५ भन्दा बढी डुंगा पनि जलेर ध्वस्त भएका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन ।