Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


कर्णाली स्वास्थ्य प्रतिष्ठानकाे अवलाेकन गर्न राष्ट्रपति भण्डारी आज जुम्ला जाँदै


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज जुम्ला जादै हुनुहुन्छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति भण्डारी जुम्ला जान लाग्नु भएको हो ।

प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुुसार राष्ट्रपति भण्डारी आइतबार बिहान ११ बजे हेलिकोप्टरमार्फत जुम्ला पुग्ने कार्यक्रम रहेको छ। राष्ट्रपतिले ७६ करोड रुपैयाँमा बन्न लागेको प्रतिष्ठानको क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

बिहान ११ देखि सवा ११ बजेसम्म एकेडेमिक ब्लकको शिलान्यास हुनेछ। त्यसलगत्तै एमबिबीएसलगायतको शैक्षिक कार्यक्रमको शिलापत्र अनावरण हुने रजिस्ट्रार महतले बताए। प्रतिष्ठानमा एमबिबीएसमा १९, बिपीएचमा आठ, बिएनएसमा १६, बिफार्मामा आठ र बिएमएसमा ११ विद्यार्थी भर्ना भएका छन्।