२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


बलात्कार र हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन माग गर्दै प्रदर्शन


0
Shares

कञ्चनपुर, साउन २० । बलात्कार गरी हत्या गरिएकी कञ्चनपुर, भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक नभएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

घटना भएको ११ दिन बितिसक्दा पनि दोषी पत्ता नलागेपछि उनीहरुले हत्यारा पत्ता लगाई कारबाही गर्नुपर्ने मागसहित आइतबार विरोध ¥याली निकालेका हुन् ।

उता प्रहरीले भने घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताउँदै आएको छ । तर गृहमन्त्रीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भएको बताएका छन् । कारवाहीका सम्बन्धमा स्थानीय प्रहरी र गृहमन्त्रीको फरक अभिव्यक्तिले स्थानीयवासी थप आक्रोशित भएका हुन् ।

उनीहरुले नाराजुलुस गर्दै महेन्द्रनगर बजार परिक्रमा गरी बजार बन्द गराए भने जिल्ला प्रशासन कार्यालयमा धर्नासमेत दिएका छन् । बालिकाको गत मंगलबार अन्त्येष्टि गरिएको थियो ।