Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


नेपालमा पनि नोवल कोरोना संक्रमित: चीनबाट नेपाल आएका विद्यार्थीमा भेटियो भाइरस


0
Shares

काठमाडौं । ‘नोबल कोरोना भाइरस’ को संक्रमण नेपालमा पनि देखिएको छ ।

चीनको बुहानबाट विदामा नेपाल आएका विद्यार्थीको रगत र र्‍यालको नमुना परीक्षण गर्दा भाइरसको संक्रमण पुष्टि भएको हो । 

नमुना विशेष परीक्षणका लागि गत मंगलबार विश्व स्वास्थ्य संगठन(डम्लूएचओ) कोलाबरेटिङ सेन्टर हङकङ पठाइएको थियो । 

नोबल कोरोना भाइरसको परीक्षण सेवा नेपालमा उपलब्ध छैन । 

ती विद्यार्थीलाई ज्वारो, श्वासप्रश्वासलगायत समस्या देखिएपछि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयको आपतकालीन कार्य सम्पादन केन्द्रका प्रमुख सागर दाहालले ती ब्यक्तिमा हाल भाइरसका लक्षण नरहेको बताए । कान्तिपुर दैनिकबाट