
काठमाडौ । आगामी वर्ष हुने विश्वकप फुटबलमा दुनियाँलाई आमन्त्रण गरिरहेको कतारले रंगशालालगायतका पूर्वाधार बनाउने आप्रवासी श्रमिकलाई भने घर पठाउने नीति लिएको छ । समृद्ध देशका दर्शकका अगाडि विपन्न कामदार देखिएलान् भनेर उनीहरूलाई चारमहिने बिदामा पठाउन कतार सरकारले निर्णय गरेको हो ।
विश्वकप फुटबल २०२२ का मुख्य खेल हुने कतारको लुसेल रंगशाला निर्माणमा खटिएका श्रमिक । फाइल तस्बिर स् एपी
आगामी वर्षको २१ नोभेम्बरमा कतारमा विश्वकप फुटबलको २२ औं संस्करण सुरु हुँदै छ । ३२ टिमबीच हुने प्रतिस्पर्धाका लागि आठ भव्य रंगशाला बनेका छन् । २८ दिन चल्ने महामेला हेर्न १५ लाख दर्शक आउने आयोजकको अनुमान छ । उनीहरूको नजरमा भव्य पूर्वाधार र सुकिला मानव मात्र परून् भन्ने कतारको चाहना छ ।
कतारको यो भव्य सपना सफल पार्ने क्रममा नेपाल, भारत, बंगलादेशसहितका २६ लाख आप्रवासीले पसिना बगाएका छन् । निर्माण क्षेत्रमा काम गर्ने श्रमिकलाई बिदामा पठाउन सरकारको जोड छ । कतारमा अहिलेसम्म २० लाख नेपाली गइसकेका छन् भने करिब चार लाख कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस्