Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


लालबाबु पण्डितले केन्द्रीय सदस्य अस्वीकार गर्नु अपरिपक्व निर्णय : राजन भट्टराई


0
Shares

काठमाडौं । नेकपा एमालेका नेता राजन भट्टराईले लालबाबु पण्डितले केन्द्रीय सदस्य पद अस्वीकार गर्नुलाई अपरिपक्व निर्णयको संज्ञा दिनुभएको छ ।

चितवनको सौराहस्थित महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता भट्टराईले लालबाबु पण्डितले केन्द्रीय सदस्य अस्वीकार गर्नुलाई अपरिवक्व निर्णय गरेको बताउनुभएको छ ।

‘लालबाबु पण्डितले केन्द्रीय सदस्य अस्वीकार गर्नु नितान्त अपवाद हो,’ उहाँले भन्नुभयो, ‘लालबाबु पण्डित पुरानो र उपाध्यक्षको उम्मेदवार भइसकेको नेता भएकाले त्योभन्दा माथिको आकांक्षा गर्नु स्वभाविक हो ।’

‘अहिले सबैलाई समेट्ने क्रममा छुट्यो भनेर उहाँले यो नै अन्तिम झैँ ठान्नु पनि भएन,’ उहाँले भन्नुभयो, ‘उहाँजस्तो परिपक्व नेताले अपरिवक्व निर्णय लिनुहुन्छ भन्ने मलाई लाग्दैन, भोलि उहाँले परिवक्व निर्णय लिनुहुनेछ ।’

भट्टराई केपी शर्मा ओली निकट नेता हुनुहुन्छ । ओली प्रधानमन्त्री हुँदा भट्टराई उहाँको विदेश विभाग प्रमुख हुनुहुन्थ्यो ।