Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


रवि लामिछानेसहित तीनै जना निर्दोष, फैसलामा के छ ?


0
Shares

काठमाडौं । जिल्ला अदालत चितवनले ‘आत्महत्या दुरुत्साहन’ को अभियोगबाट पत्रकार रवि लामिछाने, युवराज कँडेल र अर्की एक युवतीलाई सफाइ दिएको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको गरेको आरोपमा चितवन प्रहरीले तीन जनामाथि मुद्दा चलाएको थियो ।

न्यायाधीश हेमन्त रावलको इजलासले तीन जनामाथि कसुर स्थापित नहुँने ठहर गर्दै आरोपबाट सफाइ दिएको हो ।

पुडासैनी गएको साउन २० मा चितवनको कंगारु होटलको २०२ नम्बर कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए

प्रहरीले बरामद गरेको उनको मोबाइलमा रहेको भिडियो रेकर्डमा शालिकरामले आफूसँग प्रेम सम्बन्धमा रहेकी युवतीले आफ्ना बारेमा नकरात्मक समाचार बनाउन ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संचालक रवि लामिछाने र युवराज कँडेललाई उक्साएकाले आत्महत्या गर्न बाध्य हुनुपरेको बताएका थिए ।

फैसलामा के छ ?

चितवन जिल्ला अदालतको फैसलाअनुसार शालिकराम पुडासैनीको मृत्यु आत्महत्याबाटै भएको हो । मृत्युका कारणका रुपमा उनी झुन्डिएको भन्ने पोष्टमार्टम रिर्पोट छ भने अरु घाउचोट र डाम भेटिएको थिएन ।

उनले खिचेको सेल्फी भिडियोमाथि प्रश्न उठेकोमा इजलासले ‘फोटोग्राफीमा अभ्यस्त एउटा व्यवसायिक फोटोग्राफरले राम्ररी सेल्फी फोटो र भिडियो खिच्न सक्छ’ भनी विशेषज्ञले गरेको बकपत्रलाई प्रमाणका रुपमा लिएको छ ।

नेपालमा आत्महत्या सम्बन्धी नजिर छैन । ०७४ सालमा नयाँ मुलुकी फोजदारी संहिता ऐन आएपछि मात्रै आत्महत्याका लागि गरिने दुरुत्साहन कसुरका रुपमा परिभाषित भएको हो । -कान्तिपुर दैनिकबाट