काठमाडौं । निरन्तर उकालो लाग्दै आएको शेयर बजार आईतबार पनि दोहोरो अंकले बढेको छ भने कारोबार पनि २ अर्ब माथि भएको छ ।
आइतबारको बजारमा उतारचढावकाबीच ३३ अंकले बढेर नेप्से १३ सय ४३ अंकमा पुगेको छ । २ अर्ब ९ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । यसदिन कारोबार भएका सबैजसो समुहमा सुधार आएको छ ।
जीवन बिमा समुहमा ४ सय ३ अंक र निर्जिवन बिमा समुहमा ३ सय ३७ अंकको वृद्धि हुँदा जलविद्युत, वाणिज्य बैंक, होटल, विकास बैंक, अन्य, वित्त, उत्पादनमुलक तथा लघुवित्त समुहमा दोहोरो अंकको वृद्धि भएको छ ।
यसदिन नेपाल स्टक एक्सचेञ्जमा १ सय ७८ कम्पनीको ६१ लख ३१ हजार कित्ता शेयर २ अर्ब ९ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्