Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


पदाधिकारीमा मेरो दावी रहँदैन : निरुदेवी पाल


0
Shares

काठमाडौं । नेकपा एमालेकी नेतृ निरुदेवी पालले आफ्नो दावी पदाधिकारीमा नहुने बताउनुभएको छ ।

युवा संघको साइबर सर्कल घोषणा कार्यक्रममा बोल्दै नेतृ पालले आफूले कुनै पनि पदाधिकारीको पदमा उम्मेदवारी नदिने बताउनुभयो ।

पार्टीले महिला नेतृत्वलाई उचित स्थान दिने विश्वास व्यक्त गर्दै नेतृ पालले आफूले केन्द्रीय सदस्यमा उठ्ने बताउनुभयो ।

‘मैले पार्टीको पदाधिकारीमा उम्मेदवारी दिने विषयमा सोचेको छैन,’ उहाँले भन्नुभयो, ‘पार्टीले महिलालाई उचित स्थान दिन्छ भन्नेमा विश्वस्त छु, पार्टीले चाहेको खण्डमा केन्द्रीय सदस्यमा उठ्नसक्छु ।’

अब आउने चुनावपछि एमाले सरकारमा आउने दाबी गर्दै नेतृ पालले अब बन्ने अध्यक्ष केपी शर्मा ओलीको बहुमतकाे सरकार कसैले पनि ढाल्न नसक्ने दाबी गर्नुभयो ।

आक्रोशित मुद्रामा उहाँले परमादेशबाट बनेको सरकारको आयु लामो समय नभएको जिकिर गर्नुभयो ।