३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


स्व. नेता नविन्द्रराज जोशीकी श्रीमती सपना बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधि


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका स्वर्गीय नेता नविन्द्रराज जोशीकी श्रीमती सपना राजभण्डारी जोशी कांग्रेसको महाधिवेशन प्रतिनिधि विजयी हुनु भएको छ ।

राजभण्डारी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नं ८ बाट महाधिवेशन प्रतिनिधि खुला महिलातर्फ विजयी हुनु भएको हो ।

जोशी नेविसंघको विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । स्व. नविन्द्रले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट मा सोही क्षेत्रमा २०६४ र २०७० मा चुनाव जित्नु भएको थियो । सोही क्षेत्रबाट जोशीको दाजु राजुराज जोशी पनि महाधिवेशन प्रतिनिधि चयन हुनु भएको छ ।