काठमाडौं । श्रम स्वीकृति दिने मुख्य निकाय वैदेशिक रोजगार विभागको आफ्नो सर्भरले चार दिनदेखि काम नगर्दा हजारौं युवाले दुःख पाएका छन् ।
बैदेशिक रोजगारमा जाने तयारीमा हवाई टिकट काटिसकेका चारसय भन्दा बढी युवाले आफ्नो उडान रद्द गर्नुपरेको म्यानपावर व्यवसायीले बताएका छन् ।
विभागको सर्भरले माग १ गतेदेखि काम गर्न छाडेको हो । सर्भरले दिनमा एक दुई सय घण्टा काम गर्ने र बाँकी समय डाउन हुने हुँदा हजारौं युवाले सास्ती पाएका छन् ।
बैदेशिक रोजगारमा जानुपूर्व बैदेशिक रोजगार विभागबाट अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्छ ।
तर चार दिनदेखि सर्भरले काम गरेको छैन,’म्यानपावर व्यवसायी संघका महासचिब सुजित श्रेष्ठले भने, ‘विभागले बनाउन पनि सकेको छैन । यसले गर्दा ४ सय युवको टिकट रद्द गर्नुपरेको छ ।
कामदारले थप भुक्तानी गरी धमाधम टिकटको मिति सारिसकेका छन् । टिकटको मिति सार्दा एक जनालाई ४ हजारसम्म आर्थिक भार पर्ने श्रेष्ठको भनाइ छ ।
यता, बैदेशिक रोजगार कार्यालय ताहचलका प्रमुख देवेन्द्र कार्कीले भने दुई कामदारको मात्र टिकट रद्द भएको जानकारी दिए । विभागका महानिर्देशक भीष्मकुमार भुसालले भने एउटा पनि टिकट रद्द नभएको दावी गरे । -नयाँ पत्रिका दैनिकबाट










प्रतिक्रिया दिनुहोस्