Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


हुम्लाका लागि छुट्याइएको ३० हजार क्विन्टल चामल सुर्खेत, नेपालगन्ज र धनगढीका गोदाममा थन्कियो, हुम्ली भोकै


0
Shares

काठमाडौं । खाद्यान्न् नभएर उत्तरी हुम्लामा भोकमरी हुने स्थिति छ । स्थानीय बासिन्दा चामलका लागि जिल्ला र सिंहदरबारको सरकार गुहार्दै सिमकोट हुँदै काठमाडौंसम्म आइपुगेका छन् ।

तर, हुम्लाका लागि छुट्याइएको ३० हजार क्विन्टल चामल महिनौंदेखि सुर्खेत, नेपालगन्ज र धनगढीस्थित खाद्यका गोदाममा थन्किएको छ । भोकले छटपटिरहेका नागरिकलाई चामल उपलब्ध गराउन भने राज्यले चासो देखाएको छैन ।

खाद्य व्यवस्था था व्यापार कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष ०७८ ८९ मा हुम्लाका लागि तीन लाख १५ हजार क्विन्टल चामलको कोटा निर्धारण गरेको छ ।

सुर्खेत नेपालगन्ज र धनगढीका गोदामबाट १० १० हजार क्विन्टल चामल स्थलमार्गबाट हुम्ला पठाउन कोटा तोकेको छ । तर, त्यो कागजमा मात्र सीमित छ । नेपालगन्जको गोदाममा २० हजार नौ सय ६९, धनगढीमा १६ हजार आठ सय २९ र सुर्खेतमा १० हजार आठ सय ६२ क्विन्टल चामल महिनौंदेखि थन्किएको चामल आएको थियो, त्यसयता केही गएन ।

नयाँ पत्रिका