Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


अतिक्रमणमा जबराको लाहाछाप


0
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू न्यायाधीश हुँदा गरेको ‘गलत’ फैसलाका कारण सार्वजनिक पोखरी नै व्यक्तिका नाममा पुगेको छ। जसका कारण वीरगन्ज छपकैयामा मेनरोडसँगै जोडिएको पोखरी मासिने अवस्थामा छ । ३ बिघा १७ कट्ठामा रहेको यो पोखरी २०२२ सालको सर्भे नापीले ऐलानी जग्गामा रहेको देखाएको छ ।

तर, जबराका नातेदारसमेत पर्ने प्रमोदविक्रम शाहले अबौं रुपैयाँ मूल्य पर्ने पोखरीको जग्गा चलचेल गरी आफ्नो नाममा पारेका हुन् । वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सराजगी छपकैयाको पो खरी महानगरकै रहेको बताउँछन् । ‘कोही व्यक्तिले फर्जी कागजातका आधारमा आफ्नो नाममा दर्ता गराएको छ । त्यो हामी मान्दैनौँ,’ सरावगी भन्छन्,’ ‘व्यक्तिको नाममा दर्ता कायम गरिएको पनर्णय बदखरका लागि महानगरले सम्बन्धित निकाय र कार्यालयहरुमा तीन वर्षअघि नै पत्र लेखेर आग्रह गरिसकेको छ ।’ निकाय र कार्यालयहरुमा तीन वर्षअघि नै पत्र लेखेर आग्रह गरिसकेको छ ।’

छपकैयावासीले धार्मिक तथा सांस्कृतिक कार्यका लािग यो पोखरी उपयोग गर्दै आएका थिए । जग्गा कारोबारले २०७२ असारमा माटोले पुर्न थालेपछि व्यक्तिको नाममा पुगेको खुलेको थियो । त्यसपछि स्थानीयवासीले अतिक्रमणविरुद्ध स्थानीयले पटकपटक प्रदर्शन र आन्दोलन गरेका छन् ।

अन्नपूर्ण