Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


एकतिहाइमा महिलाको दाबी


0
Shares

काठमाडौं । दसौं महाधिवेशन नजिकिँदै गर्दा एमालेमा केन्द्रीय पदाधिकारीका लागि एक दर्जन महिला आंकाक्षी देखिएका छन् । १५ सदस्यीय पदाधिकारीमा विधानले आरक्षणको व्यवस्था नगरेकाले विवेकसम्मत ढंगले महिलालाई निर्वाचत गराउनुपर्ने माग पनि उठिरहेको छ।

मंसिर १० १२ मा हुने महाधिवेशनले पदाधिकारीतर्फ अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमासचिव र सात सचिव चयन गर्नेछ । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यको चाहना वरिष्ठमा उपाध्यक्षमा छ । त्यसमा सम्भव नभए उपाध्यक्षमा नै दोहोरिन उनले चाहेकी छन् । उपाध्यक्षमा गोमा देवकोटा, राधा ज्ञवाली, सीता पौडेललगायतको दाबी छ ।

देवकोटा अखिल नेपाल महिला संघकी इन्चार्ज र ज्ञवाली पूवमन्त्री हुन । पूर्व प्रदेश प्रमुख पौडेल लामो समयदेखि एमालेको केन्द्रमा रहेर राजनीति गर्दै आएकी छन् । नेतृ विन्दा पाण्डे उपमहासचिवमा आकांक्षी देखिएकी छन् । सचिवमा पद्मा अर्याल, शिवमाया तुम्बाहाङ्फे, सुजिता शाक्य, थममाया थापा, सुशीला नेपाल, टुका हमाललगायत आकांक्षी छन् ।

प्रतिनिधिसभाका सांसद रहेकी पाण्डेले नवौं महाधिवेशनमा खुलातर्फका केन्द्रीय सदस्य निर्वाचित हुने एक मात्रै महिला नेता हुन् । नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएकी अर्याल निर्वाचन लडेर जिल्ला कमिटी अध्यक्ष हुने पहिलो महिला नेता हुन् ।

केन्द्रीय सदस्यमा निर्वाचित हुँदा अर्याल स्याङ्जा जिल्ला कमिटीकी अध्यक्ष थिइन् । अखिलकी पूर्वउपाध्यक्ष तुम्बाहाङफे प्रतिनिधिसभाकी पूर्वउपसभामुख र पूर्वमन्त्री हुन् । विद्यार्थी राजनीतिबाट पार्टीमा आएका शाक्य एमालेको केन्द्रीय सदस्य हुन् । थापा पूर्वमन्त्री हुन् । हमाल अनेरास्ववियु चितवनकी पहिलो सचिव हुन् ।

कान्तिपुर