Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


नेपाल बन्द गराउने नेकपाका ११ जना कार्यकर्ता पक्राउ


0
Shares

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा उत्रिएका नेकपाका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन् ।

आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट सो पार्टीका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशङ्करलगायत पक्राउ परेको सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले जानकारी दिए ।

पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न उनले माग गरे । नेपाल बन्दका कारण दमौली बजार बिहानैदेखि सुनसान छ ।