३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


चितवनमा अन्तराष्ट्रिय औद्योगिक प्रर्दशनी हुने


0
Shares

काठमाडौं, कात्तिक २८ । आउँदो पुष २ देखि ४ गतेसम्म चितवनमा ‘छैठौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रर्दशनी’ हुने भएको छ ।

चितवन उद्योग संघले आयोजना गर्दै आएको सो मेला चितवन प्रर्दशनी केन्द्र, भरतपुरमा हुनेछ ।

प्रर्दशनीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २ सयभन्दा बढि स्टल रहने जनाइएको छ । उद्योग क्षेत्रमा भित्रिएका नयाँ प्रविधि हस्तान्तरण गर्ने, नेपाली उत्पादनको बजारीकरणका लागि सहज गर्न र नयाँ उद्योग खोल्न चाहनेहरुलाई आकर्षण गर्नका लागि सो प्रर्दशनी आयोजना गर्न लागिएको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिनुभयो ।

प्रर्दशनीमा राष्ट्रिय आविष्कार केन्द्रको पनि सहभागीता रहनेछ । उद्योगी र उद्यमीहरुलाई चेपुवामा पार्ने परम्पराको अन्त्य गर्दै आफूले सकेको उद्यम गरेर देशको सेवा गर्न यस्ता खालका प्रर्दशनीहरु आयोजना हुने गरेको केन्द्रका अध्यक्ष महाविर पुनले बताउनुभयो ।

प्रर्दशनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । लघु, घरेलु तथा साना उद्योगहरुलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने स–साना औंजार, मेसिनदेखि ठूला उद्योगका अत्याधुनिक यन्त्र, उपकरणहरु र पूर्वाधार निर्माणमा प्रयोग हुने यन्त्र उपकरणहरु पनि प्रर्दशनीमा राखिनेछ ।