Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


प्रधानमन्त्री र प्रधानन्यायाधीशसँगै सर्वोच्चका न्यायाधीशहरुले राजीनामा दिँदा राम्रो : अध्यक्ष ओली


0
Shares

काठमाडौं, कात्तिक २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालगायत सरकारका सबै मन्त्री र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित सर्वोच्चका न्यायाधीशहरुले राजीनामा दिए राम्रो हुने बताउनु भएको छ ।

सोमबार विराटनगर पुग्नुभएका ओलीले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सर्वोच्च अदालतले गत असार २८ गते प्रतिनिधिसभा पुनःस्थापनासँगै गरेको परमादेशले संविधानको धारा नै परिवर्तन गर्दा न्याय मरेको समेत टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले एमसीसी पारित गर्न प्रधानमन्त्री देउवाले पत्र लेखेको र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नलेखेको बताएर दुईमध्ये एकले ढाँटेको आरोप लगाउनुभयो । एमसीसीका बारेमा अहिले केही नबोल्ने उहाँको भनाइ थियो ।