Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


अमेरिकामा साङ्गीतिक महोत्सवमा भागाभाग गर्दा आठ जनाको मृत्यु


0
Shares

एजेन्सी । अमेरिकाको टेक्सास राज्यको ह्युस्टन सहरमा आयोजित साङ्गीतिक महोत्सवमा भागाभाग हुँदा कम्तीमा आठ जनाको ज्यान गएको छ। ट्राभिस स्कटको एस्ट्रोवल्र्ड महोत्सवमा भिड मञ्चको अगाडि जान खोज्दा भागभाग मच्चिएको आपत्कालीन सेवाका अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार ११ जना मानिसलाई हृदयाघात भएर अस्पताल लगिएको थियो र आठ जनाको ज्यान गयो । भागाभाग हुँदा झन्डै तीन सय जनालाई चोटपटक लागेर उपचार गरिएको थियो ।

साङ्गीतिक महोत्सवमा झन्डै ५० हजार मानिस उपस्थित भएको अधिकारीहरूले बताएका छन् । ह्युस्टन फायर चिफ स्यामुएल पेनाले भने, भिड बिस्तारै–बिस्तारै मञ्चतर्फ बढ्न लाग्दा मानिसहरू डराउन थाले । भागाभाग हुँदा चोटपटक लाग्न थालेपछि मानिसहरू निकै डराएका पेना बताउँछन् । यस महोत्सवका आयोजकले घटनाको गम्भीरतालाई हेर्दै कार्यक्रम नै रद्द गरेको छ ।