Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


पिएकी आमालाई पनि नियुक्ति दिलाएका थिए जबराले


0
Shares

काठमाडौं । प्रधानन्याधीश चोलेन्द्र जबराले प्रष्टीकरण दिइरहेका छन् – ‘सदस्यका हैसियतमा संवैधानिक परिषद्मा मेरो उपस्थिति ल्याप्चे लगाउने मात्र होइन, न्याय क्षेत्रका विज्ञ र काबिललाई सिफारिस गर्नु हो । योग्यलाई मात्र सिफरिस गरेको छु ।’

तर, वास्तविकता त्यस्तो छैन । उनले शिक्षण पेसामा संलग्न आफ्नै पिएकी आमालाई पनि संवैधानिक निकायमा नियुक्त दिलाएका छन् । राष्ट्रिय महिला आयोगको सदस्यमा नियुक्त सावित्राकुमारी शर्मा प्रधानन्यायाधीश जबराको स्वकीयसचिव पुष्पा तिवारीकी आमा हुन् । शर्माको पुख्र्यौली घर पर्वतको सरौँ खोला हो ।

त्यहीँको स्थानीय लक्ष्मी भवन प्राथमिक विद्यालयमा उनी शिक्षिका थिइन् । करिब तीन/चार वर्षअघि मात्रै उनी अवकाश भएकी थिइन् । शर्माको पारिवारिक पृष्ठभुमी कांग्रेस समर्थक हो । तर, उनको नियुक्ति भने प्रधानन्यायाधीश जबराको कोटामा भएको स्रोतको दाबी छ । शर्माको श्रीमान् ज्ञानप्रसाद तिवारी विद्यार्थीकालमा नेसव संघको राजनीतिमा सक्रिय थिए ।

तर, पछि शिक्षण पेसामा संलग्न भए र लक्ष्मी भवन प्राविमै पढाउन थाले । उनी पनि अवकाश भइसकेका छन् । ‘उनी त्यस्तो कांग्रेस राजनीतिमा सक्रिय होइनन्, पारिवारिक पृष्ठभुमि मात्रै हो । अहिले शर्माकी छोरी प्रधानन्यायाधीश जबराको सचिवालयमा कार्यरत छिन् । प्रधानन्यायाधीश जबराले नै जोडबल गरेर आफ्नो कोटाबाट शर्मालाई नियुक्ति दिलाएका हुन्,’ स्रोतको भनाइ छ। शर्माकी छोरी पुष्पा न्यायिक प्रतिष्ठानमा कार्यरत थिइन् । जबराले उनलाई त्यहाँबाट सचिवालयमा तानेका थिए ।

नयाँ पत्रिका