
एजेन्सी, पुस २३ । इरानमा दुर्घटनाग्रस्त भएको युक्रेनी जहाजमा परेर मृत्यु हुनेमा सात देशका नागरिक रहेका छन् ।
जहाज दुर्घटनामा सबैभन्दा बढी इरानका नागरिक परेका छन् । घटनामा मृत्यु हुनेमा ८२ इरानी, ६३ क्यानेडेली, ११ युक्रेनी, १० स्विडेनी, ४ अफगानी, ३ जर्मन र ३ बेलायती नागरिक रहेको युक्रेनका परराष्ट्रमन्त्री भ्यादाइम प्रिस्टाइकोले ट्वीटरमा जानकारी दिएका छन् ।
अमेरिकी जहाज निर्माता कम्पनी बोइङको ७३७/८०० मोडलको जहाज बुधबार बिहान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भरेको केहीबेरमै दुर्घटनामा परेको थियो ।
१६७ यात्रु र ९ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७/८०० जहाज बुधबार बिहान स्थानीय समयअनुसार सवा ६ बजेतिर तेहरानको इमाम खामोनी विमानस्थलनजिकै दुर्घटनामा परेको थियो ।
जहाज युक्रेनको राजधानी केइभ जान लागेको थियो । जनवरी ६ मामात्रै जहाजको चेकजाँच गरिएको युक्रेन इन्टरनेशनल एयरलाइन्सले जनाएको छ ।
गत वर्ष बोइङका ७३७ म्याक्स मोडलका दुई जहाज दुर्घटनामा परेपछि उक्त जहाज उत्पादन नै बन्द गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्