
काठमाडौं । खार्पुनाथ गाउँपालिका -१ प्युस गाउँका ६० वषीय वीरजित शाही दम रोगले थलिएको १५ वर्ष भयो । गत शनिबार दमले च्यापेपछि आफन्तले पाँच घन्टा स्ट्रेचरमा बोकेर सदुमुकाम सिमकोटस्थित जिल्ला अस्पताल पुर्याए । अस्पतालले प्रादेशिक अस्पताल सुर्खेत रिफर गर्यो ।
हुम्ला राष्ट्रिय सडक सञ्जालसँग अहिलेसम्म नजोडिएकाले सडकमार्गबाट सुर्खेत पुर्याउन सम्भव थिएन । त्यसैले ‘रिफर लेटर’ लिएर केही आफन्त विमानस्थलतर्फ दौडिए । बाँकी बिरामीलाई स्ट्रेचरमा बोकेर विमानस्थलको गेटतिर लागे । वीरजितकी नातिनी अस्मिताले पीडा थामन सकिनन् । रुँदै हजुबुबा र आफ्ना लागि टिकट मिलाइदिन बिलौना गरिरहिन् । तर, केही लागेन । अन्ततःस्ट्रेचरमा बिराीलाई बोकेर रुँदै विमानस्थलबाट फर्किए ।
ज्याइँ खडकबहादुर शाहीले भने , ‘हामी विमानस्थल पुग्दा समिट एयरको विमान आएर उडिसकेको थियो । तारा एयरको विमान थियो । तर, टिकटका लागि भित्र जान खोज्दा प्रहरीले गेटमै रोक्यो । भित्रबाट मात्र टिकट काट्न मिल्ने भएकाले हारगुहार गरेर छिर्यौँ । तर, एयरलाइन्सका कर्मचारीले टिकट छैन । त्यहाँ पनि हारगुहार गरेपछि बल्ल / बल्ल एउटा टिकट मिलाइदिए । त्यसमा बिरामी कामत्र पठाउन सकिने अवस्था भएन । कुरुवाका लागि टिकट नपाएपछि सुर्खेत पुगेर झन् बिचल्लीमा पर्न लागेपछि हामी निराश हुँदै फर्कियौँ ।’ सोमबार उड्न नसकेका उनीहरु मंगलबार टिकट पाइने आशामा सदरमुकामस्थित होटेलमा बसेका छन् ।
प्रतिक्रिया दिनुहोस्