
एजेन्सी, पुस २३ । इरानले इराकस्थित आफ्ना दुई सैन्य अखडामा मिसायल आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सबै ठीक अर्थात् ‘अल इज वेल’ भन्ने पतिक्रिया दिएका छन् ।
अमेरिकाले आफ्ना प्रमुख सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि इरानले बदला लिन इराकस्थित अमेरिकी सैन्य अखडाहरुमा मिसाइल आक्रमण गरेको थियो ।
बुधबार बिहानै तेहरानले एकसाथ छाडेका झन्डै दर्जन मिसाइलले इराकस्थित दुई अमेरिकी सैन्य अड्डामा के कति क्षति भयो भन्ने विवरण त प्राप्त भएको छैन तर राष्ट्रपति ट्रम्पले भने केही क्षति नभएको भन्दै सब ठीक छ भन्ने प्रतिक्रिया दिएका हुन् ।
ट्वीट गर्दै ट्रम्पले भनेका छन्, ‘अल इज वेल ! इराकका दुई सैन्य अड्डामा इरानबाट मिसाइल आक्रमण भएको छ। आक्रमणबाट भएको मानवीय र भौतिक क्षतिको अध्ययन हुँदैछ। अहिलेसम्म सबै ठीक छ। हामीसँग अहिले संसारकै सबैभन्दा बलियो र शस्त्रले सुसज्जित सैनिक छ। यसबारे म भोलि बिहान प्रतिक्रिया दिनेछु ।’
All is well! Missiles launched from Iran at two military bases located in Iraq. Assessment of casualties & damages taking place now. So far, so good! We have the most powerful and well equipped military anywhere in the world, by far! I will be making a statement tomorrow morning.
— Donald J. Trump (@realDonaldTrump) January 8, 2020
यसअघि, इरानले अमेरिकासँग गम्भीर बदला लिइने बताएलगत्तै ट्रम्पले इरानले आफ्ना नागरिक र सम्पत्तिमाथि हमला गरे इरानका ५२ साँस्कृतिक महत्वका स्थानमा आक्रमण गर्ने चेतावनी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्