
EPA
एजेन्सी । भारत कोरोना विरुद्धको खोप अभियानमा सक्रिय राष्ट्रको सूचीमा दोस्रो बनेको छ ।
आफ्ना एक अर्ब नागरिकलाई कोरोना विरुद्धको खोपको पूरा मात्रा दिएको भारत खोप अभियानको सक्रिय राष्ट्रको सूचीमा दोस्रो भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतले कोरोना बिरुद्धको एक अर्ब डोज पूरा गरेको छ ।
यसअघि चीनले गत सेप्टेम्बरमा खोपको एक अर्ब डोज पुरा गरेको थियो । गत जनवरी १६ बाट कोरोना विरुद्धको खोप दिन सुरु गरेको भारतले खोपको २० करोड डोज ३१ दिनमा पूरा गरेको हो ।
भारतका ७५ प्रतिशत युवाले एक डोज खोप लगाइसकेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक सय करोड डोज पूरा भएको उपलक्ष्यमा सबै भारतीयलाई बधाई दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्