Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


सञ्चालनमा आयो सिद्धार्थ राजमार्ग स्याङ्जा पोखरा सडकखण्ड


0
Shares

स्याङ्जा । सिद्धार्थ राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा भालु पहाडमा माथिबाट खसेको पहिरो हटाएपछि बिहान १० बजेर १८ मिनेटमा दुईतर्फी रुपमा सञ्चालनमा आएको छ।

तिन दिन देखि परेको अविरल वर्षाको कारण सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा पोखरा सडकखण्ड आज बिहान साढे ३ बजे देखि यातायात अवरुद्ध भएको थियोे ।

फेदीखोला गाउँपालिका २ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा ठूलो ढुङ्गासहित पहिरो खस्दा यातायात अवरुद्ध भएको थियोे।

चट्टानसहितको ठूलो पहिरो भएकाले सडक खुलाउन समय लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्गको पोखरा-स्याङ्जा सडकमा सयौँ सवारी साधन रोकिएका थिए । यस ठाउँमा सडक विस्तार गरिएकाले पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

पुतलीबजार नगरपालिका, फेदिखोला गाउँपालिका, सडक विभागसँगको सहकार्यमा र तिनैवटा सुरक्षा निकाएको पहलमा सडक पुर्ण रुपमा सञ्चालनमा आएको छ।