Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


प्रदेश २ मा सडक दुर्घटनाबाट दुई सातामै ४१ जनाको मृत्यु


0
Shares

बारा, कात्तिक १ । प्रदेश २ मा सडक दुर्घटनामा परि दुई सातामै ४१ जनाको मृत्यु भएको छ ।

सडक सुरक्षा र व्यवस्थापनमा प्रदेश ट्राफिक प्रहरीको कमजोर भूमीका प्रष्ट देखीएको प्रदेश, स्थानीय सरकारले व्यापक आलोचना गर्न थालेपछि प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले प्राविधिक कारण देखाएर पन्छिन खोजेको हो ।

ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख हिमालय श्रेष्ठले आफनो भूमीका भन्दा बढी चालकको लार्पबाही र प्राविधिक समस्याले दुर्घटना बढेको बताउनुभयो ।

प्रदेशको ८ वटै जिल्लामा रहेको ट्राफिक प्रहरीलाई प्रदेश प्रमुख हिमालय श्रेष्ठले दुर्घटना न्यूनीकरण भन्दा अन्य विषयमा दबाव केन्द्रित गराउँदा ४१ जनाको ज्यान गएको प्रदेशमा यो पहिलो घटना हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार १५ दिनयता प्रदेशका ८ वटै जिल्लामा २ सय ५८ सवारी दुर्घटना हुँदा ४१ जनाको ज्यान गएको छ । १ सय ६ जना गम्भीर घाइते भएर उपचाररत छन् भने ३ सय २ जना सामान्य घाइते भएका छन् । ३ सय ८५ वटा सवारी दुर्घटनामा परेका छन् ।

दुर्घटना न्यूनीकरणको प्रयासमा ट्राफिक प्रहरीको फितलो प्रस्तुती हुदा राजमार्गमा ट्राफिकको सुन्य उपस्थिती,े अनियन्त्रित तीव्र गति, चालकहरुद्धारा मदीरा, लागुऔषधको ब्यापक प्रयोग, सबारीमा थपीएको फोक्स लाईटको प्रयोग नै दुर्घटनाको मुख्य कारण रहेको बताईको छ ।