११ असार २०८२, बुधबार | Wed Jun 25 2025


दसैं मनाउन रेमिट्यान्सको भरथेग


0
Shares

काठमाडौं । नेपालीहरु सबैभन्दा ठूलो पर्व दसैं सुरु भइसकेको छ । चाडपर्वको अवसरमा राम्रो लगाउने र मिठो खाने अधिकांश नेपालीको रहरलाई वैदेशिक रोजगारीमा रहेका आफन्तले पठाउने रेमिट्यान्सले नै भरथेग गर्दै आएको छ ।

देशको वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य स्रोत नै रेमिट्यान्स अर्थतन्त्रकै प्रमुख आधार हो । दसैंमा भित्रने अधिकांस रेमिट्यान्स उपोगमा खर्च हुने हुँदा यसले दसैं अर्थतन्त्रलाएै चलायमान बनाउनसमेत भूमिका खेल्दै आएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सबैभन्दा ब९ी रेमिट्यान्स दसैंको आसपास नै भित्रने गरेको छ । दसैंलगायतका चाडपर्व मनाउनका लागि विदेशमा रहेको नेपालीहरुले घरपरिवार र आफन्तालाई पैसा पठाउने गरेकाले असोज-मंसिरको समयलाई रेमिट्यान्सको ‘सिजन’ मानिन्छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७ ७८ मा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।

औसतमा प्रतिमहिना ८० अर्व रेमिट्यान्स भित्रिने भए पनि असोज महिनामा मात्र ९३ अर्व रेमिट्यान्स आप्रवाह बढ्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् । ”चाडपर्वको सिजन नेपालमा रेमिट्यान्स आउने मुख्य समय हो’ उनले भने , ”भदौ महिनाबाटै रेमिट्यान्स वृद्धि हुन सुरु हुन्छ र यो क्रम मंसिरसम्म रहन्छ ।”

विदेशमा बस्ने नेपालीह्रुले दसैंलगायतका चाढपर्वकै लागि पैसा पठाउने भएकाले यसैलाई लक्षित गरेर रेमिट्यान्स कम्पन्नीहरुले पनि विभिन्न योजना सार्वजनिक र्गे गरेका छन् । यस वर्ष पनि कम्पनीहरुले रेमिट्यान्स पठाउँदा विभिन्न उपहार योजना सार्वजनिक गरेका छन् ।

कारोबार