२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहलाई


0
Shares

एजेन्सी । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहले पाउने भएका छन् ।

गुर्नाहले आफ्नो कृतिमा समावेश गरेको उपनिवेशवादको प्रभाव र संस्कृति तथा खाडी क्षेत्रमा शरणार्थीको भाग्यको विषयमा गरेको चित्रणको लागि उनलाई नोबेल पुरस्कार दिने निर्णय गरिएको हो ।

सन् १९४८ मा जन्मेका गुर्नाहको बाल्यकाल तान्जानियाको जन्जिबार टापुमा बितेको थियो । उनी सन् १९६० को दशकमा शरणार्थीको रुपमा बेलायत पुगेका थिए ।

उनले १० उपन्यास लेखेका छन् र धेरै छोटो कथाहरु पनि लेखेका छन् । उनका धेरैजसो कृतिमा शरणार्थीको समस्यालाई उल्लेख गरिएको छ ।

प्रत्येक वर्ष विभिन्न ६ विधामा नोबेल पुरस्कार दिइन्छ । यस वर्षको लागि शरीर विज्ञान तथा चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्रको नोबेल पुरस्कार घोषणा भइसकेको छ भने शान्ति र अर्थशास्त्रको पुरस्कारको घोषणा हुन भने बाँकी छ ।