Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


च्यांग्रामा ‘बिचौलिया’ किसान र उपभोक्ता दुवै मारमा


0
Shares

काठमाडौं । नुर्पु गुरुङ मुस्ताङको लोमान्थाङ गाउँपालिका ७, न्याम्दोका पशुपालक किसान हुन् । उनले खोरमा ८ सय च्यांग्रा थिए । तीमध्ये ५ सय ५ वटा च्यांग्रा उनले बिक्री गरिसके । भदौ मध्येतिर उनले एउटा च्यांग्रा २७ हजार रुपैयाँ हाराहारीमा स्थानीय व्यवसायीलाई बेचेको थिए ।

गुरुङले बिक्री गरेका तिनै च्याङग्रा स्थानीय व्यवसायीले बाहिरका व्यवसायीलाई प्रतिएक ३४ , ३५ हजार रुपैयाँमा बिक्री गरे । आफूसँग खरिद गरेका च्यांग्रा झन्डै एक महिना पालेर बाहिरका व्यवसायीलाई बिक्री गर्दा एउटामा कम्तीमा ७ हजार रुपैयाँ स्थानीय व्यवसायीले नाफा कमाएको उनले बताए । स्थानीय व्यवसायीसँग किनेका बाहिरका व्यवसायीले ती च्यांग्रा दसैंको बेला पोखरा र काठमाडौं झार्छन् ।

हिमाली जिल्ला मुस्ताङका च्यांग्रा खरिद गर्न पोखरा, काठमाडौंलगायतका सहरबाट व्यवसायी जान्छन् । सहरिया व्यवसायीले स्थानीय व्यवसायीसँग च्यांग्रा किनेर पोखरा झार्छन् । उनीहरुले किसानसँग सिभै च्यांग्रा किन्न पाउँदैनन्, किनकी पहिल्यै स्थानीय व्यवसायीले चलखेलले गर्दा उपभोक्तासम्म पुग्दा च्यांग्राको मासु महँगो पर्छ ।

‘यो अवस्था अहिले झनै डरलाग्दो भएको छ,’ नुर्पुले भने, ‘हामीले वषौं लगाएर पालेका च्यांग्रा किनेका स्थानीय व्यवसायीले बढीमा एक महिना पालेर ठूलो नाफा लिएर बाहिरबाट गएका व्यवसायीले बढीमा एक महिना पालेर ठूलो नाफा लिएर बाहिरबाट गएका व्यवसायीलाई बिक्री गर्छन् ।’

नागरिक