
काठमाडौं । ०७३ मा काठमाडौंमा सोलार बत्ती परयोजना अगाडि बढाउँदा काठमाडौं महानगरपालिकाको दाबी थियो ु सोलार प्यानलको आयु २५ वर्षको हुनेछ । वार्षिक एक करोड ११ लाख त रोयल्टी आउँछ ।
तर, १२ सय ८५ सौर्य सडक बत्ती जडान गरेर सडक झिलिमिली पार्ने र त्यसबाट महानगरले आम्दानी पनि गर्ने दाबी गरिएको परियोजना पाचँ वर्षमै तुहिएको छ । २४ करोड लगायतको सौर्य बत्ती परियोजना लत्याएर १३ करोड खर्चिने गरी १७ सय विद्युतीय बत्ती जडानको काम अगाडि बढाइने भएको छ ।
एक वर्ष जडान समय र बाँकि १० वर्ष निजी ( सार्वजनिक साझेदारीअन्तर्गत विके ट्रेडर्सले सञ्चालन, व्यवस्थापन गरेर महानगरलाई हस्तान्तरण गर्ने भनिएको परियोजना तुहिएको हो । अहिले महानगरले नेपाल विद्युत प्राधिकरणसँग साझेदारी गरेर विद्युतीय बत्ती जडान गर्न लागेको हो । सडक प्रयोगका लागि विभागसहितसँग त्रिपक्षीय सम्झौता भएको छ । सौर्य बत्ती परियोजना ०७३ मा सुरु भएको थियो । ‘दीर्घकालीन परियोजनामा जाने हाम्रो संस्कार, सोच छैन तत्कालीन समस्यासँग रुमलिएका छौं, पूर्वसचिव किशोर थापाले भने, दीर्घकालीन लगानी गर्न हामी तयार छैनौं, हाम्रो सोच छैन ।’
काठमाडौं महानगर पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले सोलार मर्मत गरिहनुभन्दा प्राधिकरणसँग मिलेर बत्ती बाल्नु उपयुक्त देखिएको बताए । ‘अब काठमाडौंमा सोलारको उपयोग देखिएन, । नियमित सफा गर्नुपर्ने, चारर पाँच वर्षमा ब्याट्री फेर्नुपर्ने समस्या देखियो,’ उनले भने
प्रतिक्रिया दिनुहोस्