
काठमाडाैं । अमेरिकाको डियर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीयाले फोर ह्विल ड्राइभ नयाँ ट्रयाक्टर नेपाली बजारमा सार्वजनिक गरेकाे छ ।
ट्याक्टर अत्याधुनिक प्रविधि सहितको विभिन्न विशेषता भएको हुनाले किसानको उत्पादकत्व बढाई आम्दानी बढाउनेछ । कम्पनीले जोन डीयरको दशौं हजार नम्बरको ट्रयाक्टर नेपाली उपभोक्तालाई हस्तान्तरण गरेको हो ।
जोन डियरका बिक्री तथा मार्केटिङ्ग निर्देशक सत्यन शाहले नेपालका किसान तथा उपभोक्ताका लागि यो एकदमै एतिहासिक क्षण भएको बताउनुभयो ।
उहाँले ट्याक्टरको विशेषता तथा उपभोक्ता मैत्री सेवाले नै सफलता हात लागेको बताउनुभयो । जोन डियर विश्वभरका किसानको उत्पादन बढाउनका लागि उत्कृष्ट उत्पादन र सेवाहरुका लागि प्रतिवद्ध छ ।
डियर एण्ड कम्पनी, संसारमै अत्याधुनिक प्रविधियुक्त वस्तु उत्पादन गर्ने तथा उपभोक्तालाई उत्कृष्ट सेवा दिने कम्पनीको रूपमा सुपरिचित छ ।
सन् १८३७ देखि नै जोन डियरले उत्कृष्ट विशेषतायुक्त नविनतम उपकरण विश्व बजारमा ल्याउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्